अगस्ट १ तारिखबाट मलेसियामा सबै श्रमिकको न्युनतम तलब अनिवार्य आरएम १७०० रिंगेट दिनुपर्ने।

क्वालालम्पुर (मलेसिया):= मलेसियाको मानव संशाधन मन्त्रालयले आरएम १७०० (RM1,700) को न्यूनतम मासिक तलब आउँदो अगस्ट १ तारिख (भदौ १६, २०८२) बाट सबै श्रमिकहरूका लागि पूर्ण रूपमा लागू हुने घोषणा गरेको छ।

मन्त्रालयद्वारा मंगलबार (जुलाई २२) को दिन एक जारी विज्ञप्तिमा भनिएको छ कि अब यो नियम देशभरका सबै कम्पनी लगायतको ठाउँहरुमा (कर्मचारीको संख्या जेसुकै भए पनि) मा लागू हुने उल्लेख छ । यस् भन्दा पहिले ५ भन्दा कम कर्मचारी भएका रोजगारदाताहरु लाई दिएको ६ महिनाको अवधी यहीँ जुलाई ३१ मा समाप्त हुँदैछ।

अब अगस्ट १ तारिख , २०२५ बाट सबै रोजगारदाता कम्पनी हरुले पुर्व निर्धारित न्युनतम पारिक्ष्रमिक आरएम १७०० तलब अनिवार्य रूपमा लागू गर्नुपर्ने बताएको छ । मन्त्रालयका अनुसार यो नियम सबैस्वदेशी तथा  विदेशी कामदार र  अनुबन्धित प्रशिक्षार्थीहरूमा पनि लागू हुने भए तापनि घरमा काम गर्ने (डोमेस्टिक वर्कर्स) क्लिनर मेडमा भने लागू नहुने स्पष्ट पारेको छ।

मन्त्रालयले नियोक्ताहरूलाई कुनै पनि कर्मचारीको आधारभूत तलब यो न्यूनतम दरभन्दा कम हुन नदिन कम्पनीको तलब संरचना पुनरावलोकन गर्न पनि निर्देशन दिएको छ। न्यूनतम तलब आदेश उल्लङ्घन गर्नु राष्ट्रिय तलब परामर्श परिषद् ऐन २०११ अन्तर्गत अपराध हो। दोषी ठहरिएमा प्रत्येक रोजगारदाताको लागि आरएम १०,००० सम्म जरिवाना तथा दोस्रो अपराधमा २०,००० सम्म वा ५ वर्षसम्म जेल सजाय हुन सक्ने बताएको छ ।

न्यूनतम तलबको कार्यान्वयनसम्बन्धी जिज्ञासा वा गुनासो छ भने नजिकैको श्रम विभाग (JTK) वा [www.minimumwages.mohr.gov.my](http://www.minimumwages.mohr.gov.my) मा सम्पर्क गर्न सकिनेछ। प्रगतिशील तलब नीतिमा सहभागी हुन वा थप जानकारीका लागि** [www.gajiprogresif.gov.my](http://www.gajiprogresif.gov.my) मा जान सकिनेछ।