मलेसियामा अवैध रुपमा नेपाली श्रमिक नपठाउन राजदूतावासले म्यानपावरलाई दिए चेतावनी।

क्वालालम्पुर (मलेसिया):= मलेसियास्थित नेपाली राजदूतावासमा डा.नेत्रप्रसाद तिन्सिना राजदूत नियुक्त भैइ कार्यभाल सम्हालेदेखी दूतावासको नियमित कार्य सम्पादनमा क्रमशः सुधार हुँदै गएको छ । दूतावास पछिल्लो समय श्रमिक उद्दारको कार्यका जोडतोडले लागिपरेका छ्न ।

यसै क्रममा कुनै पनि नेपाली श्रमिकलाई दूतावासबाट मागपत्र प्रमाणीकरण नगरी अवैधानिक बाटोबाट मलेसिया नपठाउन एक प्रेस बिज्ञप्ति जारी गरि मेनपावर कम्पनीहरूलाई कडा चेतावनी दिएको छ। दूतावासले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति अनिवार्य रहेको भन्दै, श्रम स्वीकृति प्राप्त नगरी मलेसिया जाने प्रयास नगर्न आम नागरिकलाई पनि सतर्क रहन आग्रह गरेको छ। साथै, मलेसियाका कम्पनीहरूको झूटा आश्वासन र मेनपावर एजेन्टहरूको प्रलोभनमा नपर्नसमेत दूतावासले सबैलाई सचेत गराएको छ।

विज्ञप्तिमा भनिएको छ, “यस्ता प्रलोभनमा परी मलेसिया पुगेका धेरै नेपालीहरूले दुःख पाउँदै आएका छन्, त्यसैले दूतावासले पुनः सबैको ध्यानाकर्षण गराएको हो।दूतावासले वैदेशिक रोजगारका लागि विदेश जाने कामदारहरूलाई पूर्वस्वीकृति लिन, दैनिक पत्रिकामा विज्ञापन प्रकाशन गर्ने, अनलाइन आवेदन भर्ने, अन्तर्वार्ता दिने, अन्तिम नामावली प्रकाशन गर्ने, स्वास्थ्य परीक्षण, बीमा, कल्याणकारी कोष र सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्ने प्रक्रियामा सहभागी भएर मात्र विदेश जान आग्रह गरेको छ।

त्यस्तै, दूतावासले नेपाली श्रमिकहरूलाई मलेसिया पठाउन कुनै पनि एजेन्सी वा म्यानपावर कम्पनीले दूतावासबाट मागपत्र प्रमाणीकरण गराएको हुनुपर्ने र मेनपावर व्यवसायीले वैदेशिक रोजगार विभागबाट पूर्वस्वीकृति लिएको हुनुपर्नेमा जोड दिएको छ। यदि यी प्रक्रिया पूरा नगरी कोही गएको पाइएमा सोको जानकारी दूतावासलाई गराउनसमेत आग्रह गरिएको छ।