एजेन्सी := एयर इन्डियाको मालिक टाटा समूहले विमान दुर्घटनाका पीडित प्रत्येक परिवारलाई जनही रु.१ करोड प्रदान गर्ने घोषणा गरेको छ। दुर्घटनाग्रस्त विमान बोइङ ७८७-८ ड्रीमलाइनर थियो, जुन अहमदाबादबाट लन्डन ग्याटविकतर्फ उडिरहेको थियो। विमानमा २३० यात्रु र १२ चालक दलका सदस्य गरी कुल २४२ जना सवार थिए।
यात्रुहरूमध्ये १६९ जना भारतीय, ५३ जना बेलायती, सात जना पोर्चुगिज र एक जना क्यानेडेली थिए। अध्यक्ष एन चन्द्रशेखरनले समूहले घाइतेहरूको उपचार खर्च पनि बेहोर्ने र बीजे मेडिकलको छात्रावास पुनर्निर्माणमा सहयोग गर्ने बताए। विमान मेघानी नगर इलाकाको बीजे मेडिकलको डाक्टर छात्रावासमा खसेको थियो।




















