मलेसियामा सुरक्षागार्डहरूले रेकर्डको लागि माइकाड “आइसी” माग्ने अधिकार छैन: राष्ट्रिय पञ्जीकरण विभाग।

क्वालालम्पुर (मलेसिया):= मलेसियामा काम गर्दै आएका स्थानीय तथा नेपाली सबै सुरक्षागार्डहरूले मलेसियन नागरिकताको परिचयपत्र (MyKad) माग्न, राख्न वा स्क्यान गर्न कुनै अधिकार नभएको र यस्तो कार्य गैरकानुनी रहेको राष्ट्रिय पञ्जीकरण विभाग (NRD) ले स्पष्ट पारेको छ।

एक विज्ञप्तिमा, विभागले भनेको छ कि राष्ट्रिय पञ्जीकरण नियमावली १९९० को नियम ७(१) अन्तर्गत केवल पाँच श्रेणीका अधिकारीहरु क्रमश प्रहरी अधिकारी, भन्सार अधिकारी, कर्तव्यमा खटिएका सैनिकहरू, र राष्ट्रिय पञ्जीकरण महानिर्देशकद्वारा अधिकारप्राप्त कर्मचारीहरूलाई मात्रै आइसी चेक गर्न पाउने अधिकार दिइएको विभागले भनेको छ ।

आइसीको इलेक्ट्रोनिक स्क्यान गर्न नपाइने :

विभागले थप स्पष्ट पारेको छ कि कुनै पनि इलेक्ट्रोनिक उपकरण प्रयोग गरेर माइकाडको डेटा स्क्यान गर्ने कार्य पनि व्यक्तिगत डेटा संरक्षण ऐन २०१० अन्तर्गत प्रतिबन्धित छ।

हालै सामाजिक सञ्जालमा एउटा पोस्ट भाइरल बनेको थियो, जसमा एउटा सुरक्षा गार्डले माइकाड स्क्यान गर्न इलेक्ट्रोनिक उपकरण प्रयोग गरेको दाबी गरिएको थियो। यसले सो कार्यको कानुनीतामाथि प्रश्न उठाएको थियो।

विभागले सर्वसाधारणलाई आग्रह गरेको छ कि कुनै अनधिकृत व्यक्तिलाई आफ्नो परिचयपत्र नदिनुहोस् र यदि यस्तो उल्लंघन गरेको देखिएमा तत्काल सम्बन्धित निकायमा उजुरी गर्नुहोस्। – बर्नामा