काठमाडौं := नेपाली चलचित्र ‘पिताम्बर’को सिक्वेल बन्ने भएको छ। ‘पिताम्बर’ टिमले प्रदर्शनको ५१औँ दिन मनाउँदै यसको सिक्वेल निर्माणको घोषणा गरेको हो । गत चैत २९ गतेबाट प्रदर्शनमा आएको ‘पिताम्बर’ ले बिहीबार ५१ दिन मनाएको हो ।
यो चलचित्रले रञ्जना सिनेप्लेक्स, विश्वज्योति, बिएसआर र बिग मुभिजमा ५१औँ दिन मनाएको हो । निर्माण पक्षले रञ्जना सिनेमा हलमा एक कार्यक्रमबीच ५१औँ दिन मनाएपछि कलाकार र प्राविधिकलाई सम्मान गरेको थियो ।
‘पिताम्बर’लाई कृषा चौलागाईंले निर्देशन गर्नुभएको थियो । चलचित्रको मुख्य भूमिकामा प्रदीप खड्का, सौगात मल्ल, दयाहाङ राई, अनुपविक्रम शाही, प्रमोद अग्रहरि, सुरक्षा पन्त, दिव्या रायमाझी, सुपुष्पा भट्टलगायतको अभिनय थियो ।




















