काठमाडौं := ग्लोबल आइएमई बैंकले विश्व वातावरण दिवसको अवसर पारेर विद्युतीय सवारी साधन(इभी) चार्ज गर्न चार्जिङ स्टेसन स्थापना गरेको छ । बैंकको आफ्नो कर्पोरेट कार्यालय कमलादीमा चार्जिङ स्टेसन स्थापना गरेको हो ।
बिहीबार आयोजित एक कार्यक्रमबीच बैंकका सञ्चालक कृष्णप्रसाद शर्मा, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र गाडी चार्ज प्रालिका प्रमुख कार्यकारी अधिकृत प्रेशा श्रेष्ठले संयुक्त रूपमा चार्जिङ स्टेसन उद्घाटन गर्नुभएको हो । गाडी चार्ज प्रालिसँगको सहकार्यमा बैंकले स्थापना गरेको सिसिटू सिगंल गनको ४० किलोवाट क्षमता रहेको छ ।
चार्जिङ स्टेसनमा बैंकमा सेवाका लागि जाने ग्राहक र बैंक कर्मचारीलाई आफ्नो इभी गाडी चार्ज गर्न व्यवस्था गरिएको हो । पछिल्लो समय विद्युतीय सवारी साधन प्रयोगकर्ता बढेसँगै बैंकमा आउने ग्राहकको सवारी साधनलाई लक्षित गरी चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

कार्यक्रममा बैंक सञ्चालक शर्माले बैंकले ग्राहकको सुविधालाई मध्यनजर गरी वातावरण अनुकूल इभी सवारी साधन प्रवद्र्धनको एक पहलका रूपमा चार्जिङ स्टेसनको स्थापना गरेको जानकारी दिनुभयो ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पोखरेलले ग्लोबल आइएमई बैंक वातावरण संरक्षण र उत्तरदायी बैंकप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै बैंकले आफ्नो १८औँ वार्षिकोत्सव तथा विश्व वातावरण दिवसका अवसरमा १८ हजार बिरुवा रोपण गरिरहेको जानकारी दिनुभएको थियो ।




















