युरोपेली नेसन्स लिगमा पोर्चुगल फाइनलमा प्रवेश।

एजेन्सी := युरोपेली नेसन्स लिगमा पोर्चुगल फाइनलमा प्रवेश गरेको छ । एक गोलले पछि परेको अवस्था उल्टाउँदै पोर्चुगलले जर्मनीलाई २–१ ले हराएको हो ।पोर्चुगलको जितको सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले निर्णायक गोल गर्नुभयो ।

खेलको ६८ औँ मिनेटमा नु्नो मेन्डेसको बलललाई नियन्त्रणमा लिँदै रोनाल्डोले निर्णायक गोल गर्नुभएको हो । सोही गोलसँग पोर्चुगलले फ्रान्स र स्पेनबिचको विजेतासँग उपाधि भिडन्त पक्का गरेको हो।

इङ्लिस प्रिमियर लिगको क्लब लिभरपुलमा आबद्धता पक्का भइसकेका वायर लिभरकुसेनका फरवार्ड फ्लोरिज मर्जको गोलमा ४८ औँ मिनेटमा जर्मनीले अग्रता लिएको थियो।रुबेन डियाजले ६३ औँ मिनेटमा गरेको गोलमा पोर्चुगल खेलमा फर्किएको थियो ।