मलेसिया:= जनता समाजवादी पार्टी नेपालको प्रवास संगठन नेपाली समाज मलेसियाको क्वालालम्पुरमा बसेको विशेष भेलाले नयाँ कार्यसमिति चयन गर्नुका साथै, एक भव्य संस्थागत शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा नेपाल र मलेसियाका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री उपेन्द्र यादवको प्रमुख आथित्यमा सम्पन्न भएको कार्यक्रममा विशिष्ट अतिथिको रुपमा नेपाली राजदूतावास मलेसियाका महामहिम राजदूत डा. नेत्रप्रसाद तिमल्सिना रहेका थिए ।

बैठकले सर्वसम्मत निर्णय गर्दै नयाँ नेतृत्व चयन गरेको छ, जसअन्तर्गत अध्यक्षमा विनोद कुमार यादव, उपाध्यक्षहरूमा पूवराज चौलागाईं र ङावाङ नुरी शेर्पा, महासचिवमा विप्लवी तेन्जु योन्जन सचिव विक्रम याख्खा, सहसचिव राम प्रवेश राय यादव र उपसचिवमा घुरण ठाकुर चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा भग नारायण यादव, वरहम देव शाह, श्रीराम मण्डल, खगेन्द्र यादव, सुरेश यादव, राम विनय साह, रन्जीत सन्त, कर्ण विर सिंह, दामोदर यादव, उमेश यादव, ललित मान तामाङ, प्रेम मुखिया, मनीष यादव, सुदामा यादव, विपना कार्की, देव साहु सोनार, कमल सिंह तामाङ, शिव शंकर साह, रामशरण यादव र पिताम्बर सरदार चयन भएका छन् ।

जनता समाज पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री उपेन्द्र यादवको प्रमुख आथित्यमा सम्पन्न भएको कार्यक्रममा विशिष्ट अतिथिको रुपमा नेपाली राजदूत मलेसियाका महामहिम डा. नेत्रप्रसाद तिमल्सिना , बिपिन राई , एनआरएनए मलेसिया अध्यक्ष राकेश प्रसाद महतो “आरके” , नेपाल तामाङ घेदुङ मलेसिया अध्यक्ष बिक्रम वाईबा तामाङ , सञ्चारकर्मी सविन लोप्चन, आरएन चौधरी थारुलगायतको विभिन्न संघसंस्थाहरुको पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमले मलेसियामा बसोबास गर्ने नेपाली समुदायबीच संगठित नेतृत्व र सामाजिक एकतालाई मजबुत बनाएको आयोजकको भनाइ छ। नयाँ कार्यसमितिले प्रवासी नेपालीहरूको हितमा क्रियाशील भएर कार्य गर्ने प्रतिबद्धता जनाएको छ ।




















