युइएफए च्याम्पियनसिपको उपाधि पीएसजीले पहिलोपटक जित्दै इतिहास बनायो।

MUNICH, GERMANY - MAY 31: Marquinhos of Paris Saint-Germain lifts the UEFA Champions League trophy after his team's victory, to secure Paris Saint-Germain's first ever UEFA Champions League title in the club's history and a record UEFA Champions League Final winning scoreline of 5-0, following the UEFA Champions League Final 2025 between Paris Saint-Germain and FC Internazionale Milano at Munich Football Arena on May 31, 2025 in Munich, Germany. (Photo by Justin Setterfield/Getty Images)

एजेन्सी := युइएफए च्याम्पियनसिपको उपाधिका फ्रेन्च क्लब पेरिस सेन्टजर्मेन (पीएसजी) ले पहिलोपटक जित्दै इतिहास बनाएको छ । पीएसजीले इटालियन क्लब इन्टर मिलानलाई ५–० को एकपक्षीय नतिजामा हराउँदै उपाधि जितेको हो ।

कुनै बेला यो प्रतियोगिताको उपाधि जित्न लियोनल मेस्सी, नेयमार र किलियन एम्बाप्पेलाई एकसाथ खेलाएको पीएसजीले ती तीनैजना खेलाडीले छाडेपछि इतिहास रचेको हो । एम्बाप्पे गत सिजन मात्रै पीएसजीबाट रियल मड्रिडमा आवद्ध भएका थिए । संयोग कस्तो भने रियलले यो उपाधि रक्षा गर्न चुकेको सिजन पीएसजीले इतिहास बनाएको हो ।

युरोपेली फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता च्याम्पियन लिगको फाइनल जर्मनीको म्युनिख एलियान्ज एरिनामा भएको थियो । उपाधि यात्राका क्रममा नकआउट चरणमा लिभरपुललाई हराउँदै पीएसजीले फाइनलमा स्थान सुरक्षित गरेको थियो । पीएसजी यसअघि सन् २०२० मा पनि फाइनल पुगेको थियो ।

त्यसबेला फाइनलमा बायर्न म्युनिखसँग पराजित भएको पीएसजीले उपविजेतामा चित्त बुझाउनु परेको थियो । यसपटक प्रशिक्षक लुइस एनरिकको नेतृत्वमा रहेको टोलीले लिग १ र फ्रेन्च कप जित्दै उत्कृष्ट प्रदर्शन गरेको छ । इनरिकले बार्सिलोना पछाडि एकै सिजन तीन उपाधि चुम्ने अर्को रेकर्ड बनाएका छन् ।

च्याम्पियन्स लिगको उपाधि यात्रामा पीएसजीले लिभरपुल, एस्टन भिला र आर्सनल जस्ता सशक्त टोलीलाई पराजित गरेका थियो । यो पीएसजीको पहिलो युरोपेली च्याम्पियन्स लिग उपाधि हो । मार्सेपछि पीएसजी च्याम्पियन्स लिगको उपाधि जित्ने दोस्रो फ्रान्सेली क्लब बनेको छ।

इन्टर मिलान फेरि अभागी सावित भएको छ । यसअघि तीन पटक (१९६४, १९६५, २०१०) च्याम्पियन्स लिग जितेको उसले सन् २०२२ मा म्यानचेस्टर सिटीसँग फाइनल गुमाएको थियोे ।

यसपटक, प्रशिक्षक सिमोने इन्जाघीको नेतृत्वमा, इन्टरले फेएनोर्ड, बायर्न म्युनिख, र बार्सिलोनालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । सेमिफाइनलमा बार्सिलोनासँग ६–६ को समग्र स्कोरपछि अतिरिक्त समयमा डाभिडे फ्राट्टेसीको गोलले इन्टरलाई फाइनलमा पुर्‍याएको थियो ।