ग्लोबल आइएमई बैंक अन्तर्राष्ट्रिय गोल्ड अवार्डद्वारा सम्मानित।

काठमाडौं := ग्लोबल आइएमई बैंक इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२५ मा प्रोडक्ट इनोभेसन विधाअन्तर्गत गोल्ड अवार्डबाट सम्मानित भएको छ । इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२५ को संस्करणमा विश्वभरका प्रमुख बैंकहरूबाट १० वटा श्रेणीमा तीन सयभन्दा बढी मनोनयन भएकामा ग्लोबल आइएमई बैंकले डिजिटल इनोभेसन र सञ्चालनमा उत्कृष्टताका लागि उक्त अवार्ड प्राप्त गरेको हो ।

यस वर्ष पुरस्कृत विधा डिजिटल इनोभेसन-इन्टेग्रेटेड फोर्स लोन प्लेटफर्मले ब्याक अफिस क्रेडिट सञ्चालनलाई सुव्यवस्थित गर्न ठूलो सफलता हासिल गरेको बैंकले जनाएको छ । लगातार तेस्रो वर्ष उक्त प्रतिष्ठित अवार्डबाट सम्मानित हुनुले इनोभेसनप्रतिको समर्पण, डिजिटल सामथ्र्यको विकास र बैंकिङ क्षेत्रमा उत्कृष्टताको नयाँ कीर्तिमान कायम गर्ने दृढ संकल्पलाई उजागर गरेको बैंकले उल्लेख गरेको छ ।

यसअघि बैंकले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन ग्लोबल स्मार्ट प्लसमार्फत् सेक्युरिटी डिपोजिट लकर जारी गर्ने र ई-कमर्श कार्ड जारी गर्ने कार्यलाई डिजिटलाइज गरेबापत सन् २०२४ मा प्रोसेस इनोभेसन विधामा प्लेटिनम अवार्ड प्राप्त गरेको थियो ।

सन् २०२३ मा ग्राहक अनुभव र सञ्चालन दक्षता अभिवृद्धिमा केन्द्रित डिजिटल रूपान्तरण पहलका लागि ट्रान्सफर्मेसन एक्सलेन्स गोल्ड अवार्ड प्राप्त गरेको थियो। ग्लोबल आइएमई बैंकले प्रविधि विकास, रणनीतिक सहकार्य र ग्राहक केन्द्रित सेवाको एकीकृत र समयसापेक्ष समाधानमा नेपालको बैंकिङ क्षेत्रमा सबैभन्दा अघि रहेको जनाएको छ ।