आईपीएलअन्तर्गत गएरातिको खेलमा गुजरात टाइटानले दिल्ली क्यापिटललाई १० विकेटले हरायो।

Sai Sudharsan of Gujrat Titans celebrates his fifty with Shubman Gill of Gujrat Titans during match 60 of the Indian Premier League season 18 (IPL 2025) between Delhi Capitals and Gujarat Titans held at the Arun Jaitley Stadium, Delhi on the 18th May 2025 Photo by Arjun Singh / Sportzpics for IPL

एजेन्सी := इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा गुजरात टाइटानले दिल्ली क्यापिटललाई १० विकेटले हराएको छ। आइतबार भएको खेलमा सुरुमा ब्याटिङ गरेको दिल्लीले दिएको २०० रनको लक्ष्य पछ्याएको गुजरातले विना विकेटको क्षति १९ ओभरमा २०५ रन जोडेको हो ।

साइ सुदर्शनले अविजित रहँदै ६१ बलमा १०८ रन बनाउनुभयो । कप्तान शुभमन गिलले ५३ बलमा ९३ रन जोड्नुभयो । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले ३ विकेटको क्षतिमा १९९ रन जोडेको थियो । दिल्लीका लागि लोकेश राहुलले अविजित रहँदै ११२ रन बनाउनुभयो ।

६५ बलको सामना गर्नुभएका उहाँले १४ चौका र चार छक्का प्रहार गर्नुभयो । अभिषेक पोेरेलले ३०, अक्षर पटेलले २५ तथा ट्रिस्टियन स्टब्सले अविजित रहँदै १० बलमा २१ रन बनाउनुभयो। यो खेलको समाप्तिसँगै शीर्ष स्थानको गुजरात, दोस्रो स्थानको बंगलोरु र तेसो स्थानको पन्जाब आईपीएलको प्ले अफमा प्रवेश गरेका छन् ।