काठमाडौं := ग्लोबल आइएमई बैंक लिमिटेड कार्ड प्रयोगकर्ताको डाटा सुरक्षास्तर प्रमाणीकरण गर्ने पेमेन्ट कार्ड इण्डष्ट्रिज डाटा सेक्युरिटी स्ट्याण्डर्ड (पिसिआई डिएसएस भी ४.०.१) मा प्रमाणीकरण भएको छ ।
नेटवर्क इन्टेलिजेन्सबाट पिसिआई-डिएसएसमा प्रमाणीकरणसँगै बैंकका कार्ड प्रयोगकर्ताको डाटा सुरक्षित भएको प्रमाणित भएको हो । बैंकका अनुसार नेटवर्क इन्टेलिजेन्स पिसिआई सेक्युरिटी स्ट्याण्डर्डस् काउन्सिलबाट मान्यताप्राप्त क्वालिफाइड सेक्युरिटी असेसर (क्युएसए) हो । जुन निजी संस्थाले कार्ड सुरक्षासम्बन्धी विषयहरू मूल्यांकन गर्ने गर्छ ।
नेटवर्क इन्टेलिजेन्सबाट कार्ड सुरक्षासम्बन्धी मूल्यांकन र पिसिआई-डिएसएसमा प्रमाणीकरणसँगै बैंकका कार्ड प्रयोगकर्ताको डाटा सुरक्षित भएको प्रमाणित हुन्छ । बैंकले कार्ड प्रयोगकर्ताहरूको डाटाको सुरक्षा सुनिश्चितताका लागि प्रणालीगत र संस्थागत रूपमा आन्तरिक नियन्त्रण गर्न आवश्यक सुरक्षा डिजाइन र कार्यान्वयनमा विशेष ध्यान दिँदै आएको छ ।




















