भारतीय क्रिकेटका स्टार ब्याट्म्यान विराट कोहलीले टेस्ट क्रिकेटबाट संन्यास लिँदै।

एजेन्सी := भारतीय क्रिकेट टोलीका स्टार ब्याट्म्यान विराट कोहलीले टेस्ट क्रिकेटबाट संन्यास लिने निर्णय गरेको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) लाई जानकारी गराएका छन्। इंग्ल्यान्डविरुद्धको आगामी पाँच म्याचको टेस्ट सिरिजअघि उनले संन्यासबारे जानकारी दिएका हुन्। सिरिज जुन २० जुनदेखि सुरु हुँदैछ।

उनले सन्यासको घोषणा गर्दै १४ वर्षको गौरवशाली करियरको अन्त्य गरेका हुन् । जसमा १२३ टेस्ट समावेश छन् । जसमध्ये ६८ कप्तानको रूपमा उनले ४६.८५ को औसतमा ९२३० रन बनाएका छन् । क्रिकइन्फोका अनुसार कोहलीले एक महिनादेखि बिसिसिआईसँग यो विषयमा छलफल गरिरहेका थिए।

यद्यपी टोली व्यवस्थापन र छनोट समितिले उनको अनुभव इंग्ल्यान्ड सिरिजका लागि महत्वपूर्ण हुने भन्दै निर्णय पुनर्विचार गर्न आग्रह गरेको छ। यस अघिभारतीय क्रिकेट टिमका कप्तान तथा स्टार ब्याटर रोहित शर्माले  टेस्ट क्रिकेटबाट सन्यास लिएका थिए ।

३८ वर्षीय शर्माले ६७ टेस्ट खेलमा ४३०१ रन बनाएका छन्। उनले १२ शतक र १८ अर्धशतक सहित ४०.५७ को औसतमा रन बनाएका छन् । रोहित शर्माले सन् २०१३ मा वेस्ट इन्डिजविरुद्ध कोलकातामा टेस्ट डेब्यु गरेका थिए जहाँ पहिलो र दोस्रो दुवै टेस्टमा शतक बनाए।