बुद्धजयन्ती पर्वको हार्दिक शुभकामना, गौतम बुद्धका महत्वपुर्ण उपदेशहरु पढ्नुस।

काठमाडौं:= प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज (सोमबार) मनाइँदै छ । भगवान् गौतम बुद्धको २५६९औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।

बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरुद्वारा परम्परादेखि हुँदै आएको पूजालगायत कार्य गरेर बुद्धजयन्ती मनाइँदै छ । लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्धजयन्ती पर्व विशेषरूपमा मनाइँदै छ ।

ईशापूर्व ५६३ अर्थात् आजभन्दा २५६९ वर्षअघि कपिलवस्तु जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो । राजकुमारका रूपमा जन्म लिनुभएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बन्नुभएको थियो । उहाँ २९ वर्षको उमेरमा दरबार छोडी दुःख निवारणका लागि निस्कनुभएको थियो ।

ईशापूर्व ५२९ को वैशाख शुक्ल पूर्णिमाका दिन उहाँले बोधगयास्थित पीपलको रूख (बोधिवृक्ष) मुनि बुद्धत्व प्राप्त गर्नुभएको थियो । बुद्धत्व प्राप्त गरेपछि नै उहाँलाई गौतमबुद्ध, बुद्ध भगवान् आदि नामले पुकारिएको हो । भव तृष्णा, विभव तृष्णा र काम तृष्णाका कारणले दुःखको उत्पत्ति हुन्छ, त्यसको निरोधका लागि निर्वाण प्राप्त गर्नुपर्छ, दुःखलाई नाश गर्न तृष्णा क्षय गर्ने आठवटा मार्ग छन् भनी बुद्धले ज्ञान दिनुभएको छ ।

भगवान गौतम बुद्धका महत्वपुर्ण उपदेशहरु

१. मानिसले अतितको बारेमा सोच्नु आवश्यक छैन र न त भविष्यको चिन्ता गर्नु पर्नेछ । हामीलाई आफनो बर्तमान समयमा ध्यान केन्द्रित गर्न आवश्यक छ । यही नै खुशीको मार्ग हो ।
२. मानिसले आफनो शरीर स्वस्थ राख्ने जिम्मेदारी हुन्छ । यदि शरीर स्वस्थ नभएमा तपाईको सोच र मन पििन स्वस्थ र स्पष्ट हुनेछैन ।
३. सबै गलत कार्यले मनमा जन्म लिन्छ । यदि तपाईको मन परिवर्तित भएमा मनमा गलत कार्य गर्ने विचारले नै जन्म लिदैन ।
४. हजारौ खोक्रो शब्दभन्दा त्यो एक शब्द राम्रो हुन्छ, जसले शान्ति लिएर आउछ ।
५. कसैलाई घृणा गर्दा तपाईको मनको घृणा खत्म हुदैन, यो केबल प्रेमले नै खत्म गर्न सकिन्छ । जसरी नराम्रोको लागी नराम्रो खत्म हुदैन, त्यो प्रेमले समाप्त हुन्छ ।
६. जो मानिस जति मानिसलाई माया गर्छन, त्यती ब्यक्तिबाट नै उनीहरु दुखी हुन्छन्, त्यसको कुनै संकट छैन ।
७. एउटा जंगली जनावर भन्दा धेरै खतरानाक एउटा कपटी र दृष्ट मित्र हो किनभने जनावरले तपाईलाई केबल शारीरिक नोक्सानी पुर्याउछ, जबकि दृष्ट मित्रले तपाईलाई बुद्धि–विवकेलाई नोक्सान पुर्याउछ । यस्ता मित्रहरुसँग सावधान रहनुपर्दछ ।
८. सन्देश र शंकालु बानी भयानाक हुन्छ, यसबाट सम्बन्धमा खटपट उत्पन्न हुन्छ । मित्रता टुट्न सक्छ ।
९. मानवले कहिले रिस गर्नु हुँदैन । तपाईले रिसको सजाय पाउनुहुन्न तर तपाईल क्रोधबाट सजाय पाउनुहुन्छ ।
१०. हजारौ लडाई जित्नुभन्दा राम्रो हुन्छ कि तपाई स्वयंममाथि विजय प्राप्त गर्नुहोस्, फेरी विजय सधै तपाईको नै हुनेछ ।
११. विश्वमा यि ३ चिजलाई कहिले लुकाउन सकिदैन : चन्द्रमा, सुर्य र सत्य ।
१२. सत्य बाँटोमा हिड्ने ब्यक्ति २ वटा गल्ति मात्र गर्न सक्दछ । पहिलो– या त उसले पुरै बाटो तय गर्न सक्दैन । दोस्रो– या फेरी त्यो बाटोमा हिड्नेछैन ।
१३. मानवको लागी आफनो लक्ष्यलाई पाउनु भन्दा राम्रो त्यो लक्ष्यलाई पाउने यात्रा राम्रो होस् ।