मलेसियामा कैयौं सुरक्षागार्ड कम्पनीले न्युनतम तलब १७०० भुक्तानी गरेको छैन, हामी कारवाही गर्छौ: जेटिकेएसएम।

क्वालालम्पुर (मलेसिया):= मलेसियामा बढेको न्युनतम पारिक्ष्रमिक “बेसिक सेलरी” आरएम १७०० रिंगेट अझै पनि कैयौं सुरक्षागार्ड कम्पनीहरुले आफ्नो कामदारलाई भुक्तानी नगरेको मलेसियाली मानव संसाधन मन्त्रालय मातहतको निकाय ( JABATAN TENAGA KERJA SEMENANJUNG MALAYSIA ) सेमेनान्जुङ मलेसिया श्रम विभाग (JTKSM) ले पत्ता लगाएका छ्न।

जेटिकेएसएमका अनुसार देशभरि रहेका सुरक्षागार्ड कम्पनीहरु मध्य जम्मा ३५ वटा सुरक्षागार्ड कम्पनीमा निरीक्षण गर्दा अझै पनि कैयौं सुरक्षागार्ड कम्पनीले यहीँ बर्षको फेब्रुअरी १ देखि लागू भएको न्यूनतम तलब आदेश आरएम १७०० भुक्तानी नगरेको , सरकारी आदेश पालना नगरेको पाइएको बताए ।

जेटिकेएसएमका निर्देशक कमल पार्दीले बताए अनुसार, यो नियम उल्लङ्घन गर्ने मालिकहरूलाई राष्ट्रिय तलब परामर्श परिषद् ऐन २०११ (ऐन ७३२) अन्तर्गत जरिवाना गर्नेछौं , भने । उनका अनुसार, मानव संसाधन मन्त्रालय (KSM) अन्तर्गतको निकाय (JTKSM) ले पहिले पनि सुरक्षा नियन्त्रक कम्पनीका कामदारहरूबाट थुप्रै उजुरी प्राप्त गरेको थियो, जसमा उजुरीमा उल्लेख अनुसार मासिक न्युनतम तलब अहिलेसम्म जम्मा आरएम १५०० रिंगेट मात्र पाएको दावी गरिएका थिए।

“त्यसैले आज हामीले देशभरिका ३५ सुरक्षागार्ड कम्पनीमा एकसाथ छापा मारेर निरीक्षण गर्‍यौं र देख्यौं कि केही कम्पनीहरूले अहिले पनि पुरानो न्यूनतम तलबदर आरएम १५०० मात्र बैंकमार्फत र क्यास भुक्तानी दिइरहेको अथवा  ओभरटाइमसहित १२ घण्टाको गरेर जम्मा आरएम २००० मात्रै दिइरहेको भेटाएका छौ । “म आशा गर्छु ती कम्पनीहरूले चाँडै आरएम १७०० को दरले न्यूनतम तलब भुक्तानी गर्नेछ्न र मार्च र अप्रिल महिनादेखिको तलबमा सच्याएर दिनेछ्न ” उनले भने।

उनले थपे कि गत वर्षदेखि यस मार्चसम्म JTKSM ले सुरक्षागार्ड कम्पनीहरुले विभिन्न श्रम कानुन उलंघन गर्नेका लागि ४५६ वटा अनुसन्धान कागजात खोलिसकेको छ। उल्लङ्घनमा १९५५ श्रम ऐन, १९९० को न्यूनतम आवास, बसोबास र सुविधा ऐन (ऐन ४४६) तथा २०११ को न्यूनतम तलब आदेश अन्तर्गतका व्यवस्था छन्।

“हामीले करिब ७०० जरिवाना र सञ्चितदण्ड (कम्पाउन्ड) गरेर मालिकहरूबाट कुल आरएम २  मिलियनभन्दा बढी सङ्कलन गरिसकेका छौं…त्यसैले मालिकहरूले हामीलाई जरिवाना तिर्नुभन्दा कामदारलाई न्यूनतम तलब नै तिर्नु बेस,” उनले जोड दिए।MalaysiaGazette