इन्दु बर्माको कप्तानीमा महिला विश्वकप एसिया छनोट खेल्ने १४ सदस्यीय टोली घोषणा।

काठमाडौं := नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। क्यानले शुक्रबार थाइल्यान्डमा हुने प्रतियोगिताका लागि अन्तिम टोली घोषणा गरेको हो। टोलीको उपकप्तानी भने पूजा महतोले गर्ने भएकी छन्।

अरू खेलाडीमा रुविना क्षेत्री, रोमा थापा, बिन्दू रावल, कविता जैशी, सम्झना खड्का, राजमती ऐरी, रुवि पोद्दार, कविता कुँवर, सबनम राई, ईश्वरी विष्ट, मनीषा उपाध्यय र रिया शर्मा टोलीमा परेकी छन्। विश्वकपको एसिया छनोट आउँदो मे ९ देखि २० सम्म थाइल्यान्डमा हुनेछ । उक्त छनोटमा ९ देशले सहभागिता जनाउँदैछन् । शीर्ष दुईमा रहने टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।

नेपाली टोली

ईन्दु वर्मा (कप्तान), पूजा महतो (उप-कप्तान), रोमा थापा, रुबिना क्षेत्री, विन्दु रावल, कविता जोशी, सम्झना खड्का, राजमती ऐरी, रुबी पोद्दार, कविता कुँवर, सवनम राई, ईश्वरी विष्ट, मनिषा उपाध्याय र रीया शर्मा ।