काठमाडौं := नेपाल उद्योग परिसंघ(सिएनआई)ले हालै म्यानमारमा गएको विनाशकारी भूकम्पबाट प्रभावितलाई राहत सामग्री उपलब्ध गराएको छ । सिएनआईले उक्त सामग्री नेपाल सरकारमार्फत् म्यानमारलाई उपलब्ध गराएको हो ।
सिएनआई अध्यक्ष राजेशकुमार अग्रवालले मंगलबार परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई ती राहत सामग्री हस्तान्तरण गर्नुभएको थियो । चामल, दाल, चिउरा, चाउचाउ, बिस्कुटलगायतका खाद्य सामग्री उपलब्ध गराएको सिएनआईले जनाएको छ ।
सो अवसरमा परराष्ट्र सचिव अमृतबहादुर राई, परराष्ट्र मन्त्रालय, गृह मन्त्रालयका उच्च अधिकारीहरू, सिएनआई महानिर्देशक डा. घनश्याम ओझालगायतको सहभागिता थियो ।




















