ललितपुर:= ‘मिस टिन युनाइटेड नेसन्स नेपाल २०२५’को उपाधि आँचल गिरीले चुम्नुभएको छ । ललितपुरको झम्सिखेल स्थित द प्लाजामा भव्य कार्यक्रमसहित आयोजित प्रतियोगितामा ‘मिस्टर टिन युनाइटेड नेसन्स नेपाल २०२५’को उपाधि मृनल श्रेष्ठले हात पार्नुभयो ।
विजेता दुवैले अमेरिकाको फ्लोरिडा राज्यमा आयोजना हुने प्रतियोगिताको अन्तर्राष्ट्रिय संस्करणमा नेपालको प्रतिनिधित्व गर्न पाउनुहुनेछ । प्रतियोगितामा पब्लिक च्वाइस अवार्ड स्मारिका मगर र रोहित श्रेष्ठले प्राप्त गर्दा प्रतिक्षा बस्नेत र आश्रिया तामाङले ‘अर्गनाइजर च्वाइस’ अवार्ड प्राप्त गर्नुभएको थियो ।
रोजिन शाक्यको कोरियोग्राफी रहेको प्रतिस्पर्धामा प्रतिस्पर्धीले दुर्गा बस्नेत, समीक्षा लामिछाने, बबिता प्रधान र अनिता खातीले तयार पारेका डिजाइन प्रस्तुत गर्नुभएको थियो । स्मार्ट गफ आयोजक रहेको प्रतियोगिताको राष्ट्रिय निर्देशक प्रमिला सिलवाल र इभेन्ट निर्देशक रमेश शाही रहनुभएको थियो ।
निर्णायकमा युनाइटेड नेसन्स प्याजेन्टस्कातर्फ अमेरिकाबाट नेपाल आउनुभएका लियन विलियम्स, फेसन डिजाइनर सजिना विष्ट, फेसन फोटोग्राफर सञ्जय रौनियार र गायिका रेखा शाह रहनुभएको थियो ।




















