इण्डियन आइडल सिजन १५ को ट्रफी मानसी घोषको पोल्टामा।

एजेन्सी (मुम्बई):= इण्डियन आइडल सिजन १५ को ट्रफी मानसी घोषले चुम्नुभएको छ । घोषले सबै फाइनलिस्टहरूलाई पछि पार्दै इण्डियन आइडल सिजन १५ को ट्रफी आफ्नो पोल्टामा पार्न सफल हुनुभएको हो।

उहाँले ग्राण्ड फिनालेमा आफ्नो उत्कृष्ट प्रदर्शनका साथ जित सुनिश्चित गर्नुभएको हो । ट्रफीसहित मानसीले एउटा नयाँ कार र २५ लाख भारतीय रुपैयाँ पुरस्कार प्राप्त गर्नुभएको छ । इण्डियन आइडल १५ को फाइनलमा तीन फाइनलिष्ट मानसी घोष, शुम्भजित चक्रवर्ती र स्नेहा शंकरबीच कडा प्रतिस्पर्धा देखिएको थियो ।

तीनैजनाले आफ्नो गायनले सबैलाई प्रभावित पारेका थिए । तर, मानसी अरूभन्दा एक कदम अगाडि हुनुहुन्थ्यो र कार्यक्रमको विजेताको रूपमा उभिनुभयो । मानसी घोषको प्रदर्शन सिजनभरि राम्रो रहेको थियो । एजेन्सी