घेदुङ जोहोरको अध्यक्षमा मंगल दोङ तामाङसहित २१ सदस्य नयाँ कार्यसमिति निर्विरोध निर्वाचित।

क्वालालम्पुर:= नेपाल तामाङ घेदुङ प्रवास शाखा क्षेत्रीय कार्यसमिति जोहोर मलेसियाको आईतवार सम्पन्न तेस्रो अधिवेशन बाट अध्यक्ष पदमा मंगल दोङ तामाङसहित २१ सदस्य नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ।

गैर आवासिय नेपाली संघ “एनआरएनए” क्षेत्रीय कार्यसमिति जोहोर मलेसियाको सभाहलमा सम्पन्न अधिवेशनमा मंगल दोङ तामाङको सभाध्यक्षता र गैर आवासिय नेपाली संघ मलेसियाका अध्यक्ष राकेश प्रसाद महतोको प्रमुख आतिथ्य र घेदुङ मलेसियाको अध्यक्ष बिक्रम वाईबा तामाङ्को बिशिस्ट आतिथ्य  सम्पन्न भएको हो।

त्यस्तै कार्यक्रममा घेदुङ मलेसिया पदाधिकारी लगायत दर्जनौं अतिथिगणको उपस्थितिमा सम्पन्न अधिवेशनमा प्रमुख अतिथि महतोले गैर आवासीय नेपाली संघ  “एनआरएनए” मलेसिया सबै संघसंस्थासँग एक आपासमा समन्वय गरेर सामाजिक कार्य श्रमिकको समस्य समाधान गर्न तयार रहेको बताए । त्यस्तै मलेसियाको गैर आवासीय संघमा केही बिवाद देखिए पनि खासमा त्यस्तो  ठुलै कुनै विवाद नभएको र गैर आवासीय नेपाली संघ मलेसिया सबैको साझा घर भएकोले अनावश्यक हल्लाको पछि नलाग्न र गैर आवासीय नेपाली संघको अधिवेशन नजिकिदै आएकोले स्मार्ट एनआरएनए एप्स डाउनलोड गरेर पञ्जिकृत सदस्य बन्न पनि अनुरोध गरेको छ।

त्यस्तै अधिवेशनबाट तपशिल अनुसार कार्यसमिति चयन भएका छन। अध्यक्ष मंगल दोङ तामाङ , उपाध्यक्ष खेम राज बोम्जन तामाङ , महिला उपाध्यक्ष मनिषा स्याङ्तान
सचिव मान कुमार थिङ तामाङ , महिला सचिव सोफिया पाख्रीन तामाङ , सह सचिव प्रेम दोङ तामाङ , कोष अध्यक्ष शुलिल लोप्चन तामाङ , सह कोष अध्यक्ष अशिम तामाङ निर्विरोध निर्वाचित भएका छ्न ।

त्यस्तै निर्विरोध निर्वाचित हुने सदस्यहरुमा क्रमशः
बिकास लोप्चन तामाङ , उश्ना माया बल तामाङ , सोनाम घलान तामाङ , चिनी माया घलान तामाङ , देवान योञ्जन तामाङ , भोज तामाङ , मिनु दोङ तामाङ , विशाल जिम्बा तामाङ , बिजय तामाङ , सञ्जय स्याङ्तान तामाङ , जित बहादुर मोक्तान तामाङ र
सर्स्वती कुमार तामाङ रहेका छ्न ।

कार्यक्रममा गैर आवासीय नेपाली संघ , सञ्चारकर्मी , ब्यापारी , ब्यावसायी , विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत नेपाली श्रमिकहरुको उपस्थिति रहेको थियो ।