सन नेपाल लाइफद्वारा हिमालयन एफसीलाई जर्सी स्पोन्सर सहयोग।

क्वालालम्पुर := सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मलेसियामा स्थापित दर्ता प्राप्त एक मात्रै नेपाली फुटबल क्लब “हिमालयन फुटबल क्लब”लाई जर्सी स्पोन्सर गरेको छ ।

हिमालयन एफसीलाई खेलकुद क्षेत्रमा अगाडी बढ्न अझै हौसला मिलोस भन्ने हेतुले जर्सी स्पोन्सर प्रदान गरिएको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड मलेसियाको मार्केटिङ म्यानेजर राजेन्द्र घिमिरेले जानकारी दिए ।

“सबैका लागि सुरक्षा , शिक्षा र समृद्धि” भन्ने मुल नारा बोकेको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अहिलेसम्म नेपालसंगै ७ वटा विभिन्न देशहरुबाट सक्रिय सेवा दिँदै आएका छ्न ।