काठमाडौं := अभिनेत्री स्वस्तिमा खड्का, प्रियंका कार्की, नीति शाह, सृष्टि श्रेष्ठ, आना शर्मा, नम्रता श्रेष्ठ, मिस नेपाल प्रतियोगिता प्रियंका रानी जोशी, मिस्टर नेपाल समर्पणजंग कार्की, मोडल सविता कार्की, सोफिया भुजेल, आस्था पोखरेल लगायतका चर्चित सेलिब्रेटी एउटै ¥याम्पमा प्रस्तुत हुनुभएको छ ।
शुक्रबार साँझ आयोजित १४औं संस्करणको जोय ‘आइइसी डिजाइनर रनवे’ नामक फेशन शोमा उनीहरू शो टपरको रूपमा विभिन्न आकर्षक पहिरनसहित ¥याम्पमा प्रस्तुत भएका हुन् ।
जोय कस्मेटिक नेपालको प्रस्तुति रहेको शोमा ५० डिजाइनरले डिजाइन गरेका विभिन्न पहिरनका आकर्षक डिजाइन सेलिब्रेटीको अलवा मोडलहरूले विभिन्न १२ सिक्वेलमा प्रस्तुत गरेका थिए ।
भारतको चर्चित अन्तर्राष्ट्रिय कोरियोग्राफर यतिन नरेन्द्र गान्धीको समेत सहभागिता रहेको दारबारमार्गस्थित होटल याक एण्ड यतिमा आयोजना भएको शोको म्यानेजमेन्ट जिम्मेवारी नेक्स्ट मोडल्स नेपालले गरेको हो ।
यही संस्करणको बाँकी फेशन शो शनिबार गरिएको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताउनुभयो । शोमा आइसी कलेजका २०२३ ब्याजका १०२ जना विद्यार्थी डिजाइनरहरूले तयार पारेका फरक- फरक पहिरनका डिजाइनहरू २५ सिक्वेलमा प्रस्तुत हुनु भएको थियो ।
आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले ‘आइइसी डिजाइनर रनवे’को मुख्य उद्देश्य नेपाली फेशन डिजाइनरको प्रचारप्रसार गर्दै उहाँहरूले डिजाइन गरेका नेपाली फेशनका आकर्षक डिजाइन अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनु रहेको बताउनुभयो । विगतका वर्षमा एक दिन आयोजना भएको यस वर्ष अझै भव्य रूपमा दुई दिन आयोजना गरिएको हो ।




















