काठमाडौं := काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उपप्रधानमन्त्री समेत रहनुभएको सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई सम्बोधन गर्दै प्रश्न गर्नुभएको छ ।
सामाजिक सञ्जाल फेसबुकमामा स्टाटस लेख्दै मेयर बालेनले सार्वजनिक सम्पत्ति जोगाउने प्रयास गर्ने कुरा सधैं कुरामै सीमित रहेको उल्लेख गर्दै प्रश्न गर्नुभएको हाे। ‘अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयास गर्ने कुरा सधैं कुरामै रह्यो । कहिले गर्ने हो ?’ उहाँले प्रश्न गर्नुभएको छ ।
साथै, बालेनले आफूलाई हराउने नाममा शहर, क्षेत्र र देश चाहिँ नहराउन आग्रह गरेका छन् । ‘मलाई हराउने नाममा आफ्नो शहर, क्षेत्र, र देश चाहिँ नहराउनु होला,’ मेयर बालेनले भनेका छन्, ‘यत्रो गणेशमान सिंह, पीएल सिंह, र नेपाली कांग्रेसको इतिहास माटोमा नमिसाउनु होला ।’ भन्ने सुझाव दिएका छ्न ।




















