काठमाडौं := आगामी चैत्र २२ गते रिलिज हुने सिनेमा ‘वसन्त’को अफिसियल ट्रेलर आज शनिबार सार्वजनिक भएको छ । काठमाडौंको बसुन्धारास्थित सिटी स्क्वायर मलमा ‘वसन्त-साँझ’को आयोजना गर्दै सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो ।
वसन्त साँझमा अभिनेत्री स्वस्तिमा खड्का, गायक तथा अभिनेता प्रकाश सपुत, गागिका शान्तिश्री परियार, प्रीति आले तथा देवेन्द्र बब्लु (द फिरन्ते) ले प्रस्तुती दिनुभएकाे छ । सिनेमाका निर्देशक, अभिनेता तथा गायक प्रकाश सपुतले धेरै भन्दा धेरै दर्शकलाई उपस्थित भएर वसन्त साँझलाई भव्य अनि सभ्य बनाउन शुभ चिन्तकमाझ अपिल गर्नुभएकाे थियाे ।




















