मलेसियामा उपचारको क्रममा मनोज चौधरीको मृत्यु।

क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारको सिलसिलामा विगत एक दशकदेखि मलेसिया सेलाङ्गर राज्यमा पर्ने काजाङमा अवस्थित एक कम्पनीमा कार्यरत नेपाली श्रमिक मनोज चौधरीको मृत्यु भएको छ ।

नेपाल ठेगाना बारा जिल्ला मधुवन निवासी मनोज चौधरीको मलेसियाकै अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । जानकारी अनुसार चौधरी केहि दिनदेखि अच्चानक  बिरामी भई आइसियुमा उपचाररत हुनुहुन्थ्यो ।

मृतक चौधरीको घरमा आमा , श्रीमति र छोराछोरी रहेका छ्न । जानकारी अनुसार मृतक चौधरीको फोक्सो र मृगौलामा समस्या देखिएको थियो । बिगतदेखिनै प्रायः दिनहुँजसो मलेसियामा कार्यरत नेपाली हरुको विभिन्न कारण मृत्यु हुने गरेको छ ।