पोर्टकेलाङमा अवस्थित एक कम्पनीभित्र काम गर्दागर्दै करेन्ट लागेर नेपाली श्रमिकको मृत्यु।

क्वालालम्पुर (मलेसिया):= मलेसिया पोर्टकेलाङमा अवस्थित एक म्यानुफ्याक्चरिङ कम्पनीभित्र काम गर्दै आएका एक नेपाली श्रमिकको करेन्ट लागेर मृत्यु भएको छ ।

वैदेशिक रोजगारीको सिलसिलामा मलेसियाको (formosa prosonic) कम्पनीमा काम गर्दै आएका धनुषा जिल्ला निवासी सन्तोष कुमार यादव नामक नेपाली श्रमिकको मृत्यु भएको सोही कम्पनीमा कार्यरत नेपाली श्रमिकहरुले मलाया खबरलाई जानकारी दिए ।

नाम नखुलाउने सर्तमा एक नेपालीले भने अनुसार, “लामो समयदेखि कम्पनीभित्र रहेको एक मेसिनमा प्राबिधिक कारणले बिग्रेको अवस्थामा रहेका थिए , कम्पनीलाई बारम्बार मर्मत गर्न बनाउन भन्दा पनि बेवास्ता गर्ने गरेकोले आज अकालमै हाम्रो सहकर्मी साथीले ज्यान गुमाउनुपरेको दुखेसो पोखे ।”

करेन्ट लागेर मृत्यु भएको घटनाबारे छानबिन गर्न स्थानीय प्रहरी प्रशासन आएको छ्, तर हाम्रो मलेसियास्थित नेपाली राजदूतावासबाट कुनै पनि प्रतिनिधि नआएको र सरकारी निकायबाट यस्तो बेवास्ताको कार्य सरासर दूतावासको लापरबाही भएको कम्पनीमा कार्यरत नेपाली हरुको ठहर छ, भन्दै गुनासो पोखे ।

उता नेपालमा आज फागु पुर्णिामा अर्थात होलीको दिन परेकोले सार्वजनिक विदाको अवसरमा मलेसियास्थित नेपाली राजदूतावासको कार्यालय बन्द रहेको छ ।

कम्पनीमा काम गर्ने अन्य सबै नेपाली लगायतका कामदार हरुले आज बिहानैदेखि घटनाको निष्पक्ष छानबिन हुनुपर्ने , आवश्यक क्षेतिपुर्ती दिनुपर्ने लगायतको माग राखी आ-आफ्नो काम छाडेर आम हडताल गरिरहेको छ ।