ग्लोबल आइएमई बैंकद्वारा साना तथा मझौला उद्यमीलक्षित ‘ग्लोबल म उद्यमी कर्जा’ सार्वजनिक।

काठमाडौं:= ग्लोबल आइएमई बैंकले साना तथा मझौला उद्यमीलक्षित ‘ग्लोबल म उद्यमी कर्जा’ सार्वजनिक गरेको छ । महिला उद्यमीलाई वित्तीय सहजीकरण गर्ने उद्देश्यसहित रोजगारीको विकास, सामाजिक विकास र स्थानीय समुदायमा आर्थिक सशक्तीकरणमा सहयोग पु¥याउन बैंकले उक्त कर्जा ल्याएको जनाएको छ ।

कर्जा योजनाले महिलालाई उद्यमी भई व्यवसाय सञ्चालन गर्न प्रोत्साहित गर्ने बैंकले जनाएको छ । महिलाहरूले नेतृत्व गरेको कृषि, उत्पादन, प्रशोधन तथा बजारीकरण क्षेत्रको घरेलु, साना तथा मझौला उद्योगलाई बैंकले विशेष प्राथमिकता दिइ कर्जा प्रदान गर्नेछ । उक्त योजनाअन्तर्गत आकर्षक सुविधासहित न्यूनतम् ब्याजदरमा महिला उद्यमीलाई १० करोडसम्मको कर्जा प्रदान गर्नेछ ।

महिलाहरूको कम्तीमा ५० प्रतिशत स्वामित्व भई महिलाकै नेतृत्वमा व्यवसाय सञ्चालन भएको व्यवसायमात्र कर्जाका लागी योग्य हुनेछ । योजनाअन्तर्गत ग्लोबल म उद्यमी कर्जा लिँदा बैंकले उद्यमी डिजिटल उपहार प्रदान गर्ने जनाएको छ ।