युवा ब्यावसायी राजु तामाङको हवाई टिकट सहयोगमा हरि नेपाली स्वदेश फर्किए।

क्वालालम्पुर (मलेसिया):= पुनः हवाई टिकटको अभावमा मलेसियाबाट स्वदेश फर्कन नपाएर बेवारिसे अवस्थामा रहेका एक नेपाली श्रमिक अन्ततः स्वदेश फर्किएका छ्न ।

मलेसियाको एफडब्लुजि (Freightwatch G Patomotoh Security Services Sdn.Bhd.) नामक सेक्युरिटी कम्पनीमा सुरक्षागार्डको रुपमा काम गर्दै आएका गोर्खा जिल्लाका हरि नेपाली स्वदेश फर्किएको नेपाली राजदूतावासले जानकारी दिए ।

मार्च १ तारिखको दिननै स्वदेश फर्किसकेका हरिलाई स्वदेश फर्कनको लागि मलेसियामा चर्चित युवा नेपाली ब्यावसायी , आरटीएफसी फुटबल क्लबका अध्यक्ष , एनआरएनए एनसिसी मलेसियाका युवा संयोजक समाजसेवी राजु तामाङले हवाई टिकट सहयोग गरेका थिए ।

शारीरिक रुपमा अशंक्त रहेका हरि नेपालीलाई रोजगारदाताले चेक आउट मेमो गरिदिएर थाइल्यान्ड ट्राण्जिट हुँदै नेपाल फिर्ता पठाउन हवाई टिकट दिइएको थियो तर , थाइल्यान्ड पुगेपछि नेपाल जाने टिकट नभएको भन्दै एयरलाइन्सले मलेसियानै फिर्ता गरिदिएको थियो ।

हरिलाई नेपाल पठाउनुपर्यो भनेर पुनः रोजगारदाता सुरक्षागार्ड कम्पनीसंग सम्पर्क गर्दा कम्पनीको तर्फबाट गर्नुपर्ने सबै काम गरिदिएको पुनः टिकट दिन नसकिने भन्दै बेवास्ता र आलटाल गरेपछि उनि बेवारिसे जस्तै भएका थिए । एउटा नेपाली हवाई टिकट नपाएर स्वदेश फर्किन नपाएको सुनेपछि राजु तामाङले तुरुन्त टिकट खरिद गरि सहयोग गरेका थिए ।

मलेसियामा करिबकरिब २ दशकदेखि कार्यरत रहि विभिन्न क्षेत्रमा संघर्ष गर्दै सफल हुँदै आएका युवा ब्यावसायी तामाङ बेला बखत यहाँ रहेका नेपालीलाई समस्या , दु:ख पर्दा सक्दो आर्थिक भौतिक सहयोग गर्दै आएका छ्न ।