क्वालालम्पुर (मलेसिया):= मलेसियन अध्यागमन विभाग “इमिग्रेशन” ले आज शुक्रवार सेलाङ्गरस्थित काजाङमा ठुलो संख्यामा बसोबास गर्दै आएका अवैधानिक आप्रवासी कामदारमाथि धरपकड गरि पक्राउ गरेको छ ।
स्थानीय नागरिकले दिइएको सूचनाको आधारमा आज बिहान ०१:४० बजे गरिएको छापामारीको क्रममा चेकजाँच गर्दा जम्मा १३५ जना आप्रवासी मध्य साथमा पासपोर्ट र वैध भिसा नरहेको अवैधानिक हैसियतमा रहेका ९६ जना आप्रवासी कामदारलाई अध्यागमन विभाग “इमिग्रेशन” ले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा अधिकाँस बाङ्लादेश , इन्डोनेसिया र म्यानमारका नागरिक रहेको इमिग्रेशनले जनाएको छ ।पक्राउ परेका सबै आप्रवासी कामदारलाई थप आवश्यक कारवाही र अनुसन्धानका लागि अहिले केयलआईए (KLIA) अध्यागमन डिपो अर्थात घरफिर्ती केन्द्रमा राखिएको छ ।
पक्राउ परेकामाथि मलेसियाको अध्यागमन विभागले अध्यागमन ऐन १९५९/६३, राहदानी ऐन १९६६, अध्यागमन नियम १९६३, साथै मानव बेचबिखन तथा तस्करी विरोधी आप्रवासी ऐन २००७ बमोजिम कारवाही अगाडि बढाइने बताएको छ ।




















