पाकिस्तानका प्रसिद्ध गजलकार गायक गुलाम अली नेपालमा गुञ्जने।

काठमाडौं := पाकिस्तानका प्रसिद्ध गजलकार गुलाम अली नेपालमा गुञ्जने हुनुभएको छ । आगामी चैत २ गते शनिबार ललितपुरको पुल्चोकस्थित प्लाजामा करिब तीन घण्टा ‘गुलाम अली थ्री जनेरेशन अन वन स्टेज’ कार्यक्रममा उहाँले गजलप्रेमी दर्शक तथा श्रोतालाई मन्त्रमुग्ध बनाउनुहुनेछ ।

शनिबार एक कार्यक्रममा गर्दै आयोजक साधना कला केन्द्रले कार्यक्रमको विभिन्न पक्ष बारे जानकारी दिएको हो । साधनाका सञ्चालक मिलन मोक्तानले गजलकार गुलाम अलीको डिमाण्ड अनुसार नै नेपालमा कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो ।

अहिलेलाई शोको लागि लिमिटेड टिकटमात्रै राखिएको उहाँको भनाइ थियो । मार्च १३ तारिक गुलाम अलीसहित ११ जनाको टिम नेपाल आइ पुग्नेछ । उहाँले ‘गाजलु ती ठूलाठूला आँखा’ लगायत चार नेपाली गीतसहित दर्जनौं हिन्दी गीत श्रोतामाझ प्रस्तुत गर्ने जनाइएको छ ।

आयोजक मोक्तानको टिमले पहिलोपटक गुलाम अलीको ती पुस्तालाई एउटै मञ्चमा उर्तान लागेको बताउनुभयो । गुलाम अलीसँगै उहाँका छोरा अमिर गुलाम अली र नाती नाजिर गुलाम अलीले पनि प्रस्तुति दिनुहुनेछ ।

कन्सर्टको टिकट मूल्य पाँच हजारदेखि दुई लाखसम्म राखिएको जानकारी पत्रकार सम्मेलनमा दिइयो । टिकटबाट संकलित रकमको केही हिस्साबाट गायन र नृत्यमा लागिरहेका बच्चालाई एक वर्षको छात्रवृत्ति दिइने आयोजकले बताएको छ ।

सोही कार्यक्रममा वरिष्ठ गीतकार तथा संगीतकार दीपक जंगमलाई विशेष सम्मानसमेत गरिने आयोजक टिमले जानकारी दिएको छ । गीतकार तथा संगीतकार जंगमले गुलाम अलीका चार गीतमा शब्द तथा संगीत दिनुभएको छ ।