नेपाली श्रमिकलाई सहयोगहेतु जोहोरमा मार्च १,२ तारिख घुम्ती सिविर संचालन हुँदै।

क्वालालम्पुर (मलेसिया):= नेपाली राजदूतावास क्वालालम्पुर मलेसियाको आयोजनामा जोहोर राज्यमा कार्यरत नेपाली श्रमिकलाई सहयोगहेतु घुम्ती सिविर संचालन हुने भएको छ ।

जोहोरको लारकिनमा अवस्थित (Hotel Seri Malaysia Johor Bahru, Lot PTB 17648, Jalan Langkasuka, 80350 Larkin, Johor Darul Takzim) भन्ने ठाउँमा विहान ८ बजेदेखि वेलका ५ बजे सम्म (फागुन १७ गते) अर्थात यहीँ मिति २०२५ मार्च १ गते र विहान ८ बजेदेखि दिउसो ३ बजे सम्म (फागुन १८ गते) अर्थात यहीँ मिति २०२५ मार्च २ तारिखगरि जम्मा दुईदिन घुम्ती सिविर सेवा संचालन हुन लागेको नेपाली राजदूतावासले जनाएका छ्न ।

जोहोरमा घुम्ती कन्सुलर सेवामार्फत राहदानी नविकरणको सेवा लिन चाहने सेवाग्राहीहरूले https://emrtds.nepalpassport.gov.np/ लिङ्कबाट राहदानीको आवेदन फाराम भरी यसै सूचनासँगै राखिएको गुगल लिङ्क

https://forms.gle/gNPnnCgj7VNkzKXf8 मा आफ्नो सहभागिताको विवरण वा राहदानी संकलन गर्न चाहने सेवाग्राहीले आफ्नो पुरानो राहदानी नम्बरको विवरण भरिदिनुहुन दूतावासले एक सूचना सार्वजनिक गरि जनाएका छ्न ।

यस् घुम्ती सिविरबाट जोहोरमा कार्यरत नेपाली हरुले लाभ लिन सक्नुहुनेछ । सिविरबारे थप आवश्यक जानकारीको लागि सम्पर्क व्यक्ति सन्दिप पाण्डे मोवाइल नम्बर +६०११६०८२७४८४ मा सम्पर्क गर्न सकिने दूतावास ले जनाएको छ ।