जापान := नेपालसहित विश्वका विभिन्न मुलुकमा बसोबास गर्दै आएका १० नेपाली धावकहरू आगामी महिना जापानमा आयोजना हुने टोकियो म्याराथन २०२५ मा सहभागी हुनेभएका छन् । नेपाल, अमेरिका, बेलायत र मकाउमा बसोवास गर्दै आएका नेपालीहरू टोकियो म्याराथनमा सहभागी हुन लागेका हुन् ।
नेपालबाट जुम्लारारा हाइअल्टिच्युड अल्ट्रालगायतमा सहभागी भइसक्नुभएका धावक शम्भु दाहालसहित मकाउका बिरू राई अमेरिकाकाबाट सन्तोष कर्माचार्य, युवराज खनाल र जित बुढामगरले सहभागिता म्याराथनमा भाग लिँदैहुनुहुन्छ ।
यसैगरी सबैभन्दा धेरै बेलायतबाट विश्वका विभिन्न प्रतियोगितामा सहभागिता जनाइसकेका पाँचजना नेपाली धावकहरू आत्मराम दाहाल, अनु सिग्देल, प्रतीक गौचन, नारायण पन्त, सागर गुरुङसहित दुईजना भारतीयहरू ऋषि अत्री र कुष्ण अत्रीले म्याराथनमा सहभागी हुनुुहुनेछ ।
नेपाल रन युके नामक संस्थाको संस्थापकसमेत रहनुभएका भएका धावक आत्मराम दाहालका अनुसार पहिलोपटक ठूलो संख्यामा नेपालीहरूले टोकियोमा सहभागिता जनाउन लागेका हुन् । हजारौंको संख्यामा जापान तथा विश्वभरिका धावकहरू सहभागिता रहने प्रतियोगितामा गोलाप्रथा तथा प्रायोजकको सिफारिशका आधारमा मात्र सहभागिता हुनसकिने प्रावधान रहेको छ ।
मार्च २ तारिक आइतबार बिहान टोकियो सिन्जुकु शहरबाट म्याराथनमा सुरु हुनेछ । १० किलोमिटर छोटो र ४२ किलोमिटर लामो दूरीको प्रतिस्पर्धा टोकियो स्टेसनमा सकिनेछ । सबै नेपाली खेलाडीहरू ४२ किलोमिटर लामो दूरीको दौडमा भाग लिने छन् । नेपाली खेलाडीहरूले आफ्नो हौसलाका लागि जापानवासी नेपालीहरूमा नेपाली झण्डासहित विभिन्न क्षेत्रमा सहभागी भई हौसला प्रदान गर्न अपील गरेका छन् ।




















