क्वालालम्पुर (मलेसिया):= गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) एनसिसी मलेसियाले मलेसियाका लागि नेपाली राजदूत डा.नेत्रप्रसाद तिम्सिना को लागि राखिएको स्वागत तथा सम्मान कार्यक्रममा अन्तिम समयमा राजदूत डा.तिम्सिनाले उपस्थिति नजनाएको भन्दै गुनासो प्रकट गरेको छ ।
एनआरएनए मलेसियाद्वारा बिहिवार आयोजित एक पत्रकार सम्मेलनमार्फत अचानक कार्यक्रममा दूतावासको अनुपस्थितिले एनआरएनए मलेसिया , एनआरएनए एसिया प्यासिफिक र एनआरएनए आइसिसीसँगै मलेसियामा रहेका सम्पूर्ण नेपाली जनसमुदायमा थप निराशा थपिने सम्भावना बढेको भन्दै प्रेस विज्ञप्ति जारी गरेको हो ।
प्रेस विज्ञप्ति जारी गर्दै एनआरएनए एनसिसी मलेसियाका (२०२४-२०२५) कार्यकाल अध्यक्ष राकेश प्रसाद महतो “आरके”ले (एनआरएनए) मलेसियाले नेपाली राजदूतावाससँग पहिल्यै देखिनै सहकार्य र समन्वय गर्दै आएको र नेपाली राजदूतावास, क्वालालम्पुरको कार्यालयमै पुगेर नवनियुक्त महामहिम राजदूत डा. नेत्रप्रसाद तिम्सिना ज्यू सँग भेटघाट गरि स्वागत तथा सम्मान कार्यक्रमका लागि दूतावास कै समयानुकूल औपचारिक निमन्त्रणा गरेको तर अन्तिम समयमा कार्यक्रमको सम्पुर्ण तयारी पूरा भैइसके पश्चात् महामहिम राजदूत ज्यूले व्यस्तताको कारण देखाउदै उपस्थित हुन नसक्ने बताएपछि महामहिम राजदूत ज्यू लाई एनआरएनएको बारेमा अफवाह फैलाउने केहि सिमित व्यक्तिहरुको कुरा मात्रै सुन्नु नहुने कुरा विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष महतो ले महामहिम राजदूत ज्यू मलेसिया आएदेखि नै राजदूतावासको तर्फबाट एनआरएनएलाई उपेक्षा गरिएको महशुस गरेको बताउँदै निकट भविष्यमा यस्ता घटनाहरू दोहोरिने छैनन्, साथै राजदूतावास तथा एनआरएनए बीचको सम्बन्ध ल सुदृढ र प्रगाढ हुनेछ भन्ने अपेक्षा राख्दै महामहिम राजदूत डा.नेत्रप्रसाद तिम्सिना ज्यूको मलेसियाको सफल कार्यकालको सुभकामना दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनए मलेसिया उपाध्यक्ष हेमराज सापकोटा र युवा संयोजक राजु तामाङले निर्वाचनको ताका भएको पुर्व सहमतिअनुसार केहि सिमित साथीहरू नचल्दा बजारमा बिबादास्पद जस्तो देखिएपनी समग्रमा एनआरएनए मलेसिया बिधान संम्बतनै चलेको बताउनुभयो ।





















