चलचित्र ‘फेरि रेशम फिलिली’को ट्रेलर सार्वजनिक, डीभी परेपछि आउने अवरोधको कथा।

काठमाडौं := चलचित्र ‘फेरि रेशम फिलिली’को ट्रेलर सार्वजनिक गरिएको छ । तीन मिनेट लम्बाइको ट्रेलरमा रेशम (विनय श्रेष्ठ) पात्रको डीभी परेपछि आउने अवरोधको कथा देखाइएको छ ।

रनवेमा कुदिरहेको प्लेनको ढोकाबाट एक विदेशी युवतीले खलासीको शैलीमा ‘अमेरिका अमेरिका’ भन्दै मान्छे बोलाएको दृश्यबाट सुरु भएको ट्रेलरमा रेशम पात्र प्लेन समात्न दौडिरहेको छ । ट्रेलरको पहिलो दृश्यले नै अमेरिका जान मुख्य पात्रले गर्ने संघर्षमा फिल्मको कथा केन्द्रित रहेको प्रष्ट पार्छ । ट्रेलर हेर्दा चलचित्रले गम्भीर विषयलाई हास्य शैलीमा प्रस्तुत गरेको देखिन्छ ।

निरोज महर्जनको कथा तथा निर्देशन रहेको यो चलचित्रमा विनयसहित सुपुष्पा भट्ट, नीर शाह, कामेश्वर चौरसिया, प्रकाश घिमिरे, शिशिर वांगदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापालगायतको अभिनय छ । यो चलचित्र नौ वर्षअघि आएको ‘रेशम फिलिली’को सिक्वेल हो ।

चलचित्रमा सुसन प्रजापतीको छायांकन, आकाश बरालको स्क्रिप्ट लेखन, साहिल खानको ट्रेलर, नरेश किंग योगीको द्वन्द्व निर्देशन, रोहित शाक्यको ब्याकग्राउण्ड म्युजिक, शैलेश श्रेष्ठको साउण्ड डिजाइन तथा सुरेन्द्र पौडेलको सम्पादन छ ।

रौनक विक्रम कँडेलको निर्माण रहेको चलचित्रको कार्यकारी निर्मातामा सुरज बम ठकुरी र सह-निर्मातामा एनि थापा हुनुहुन्छ । चलचित्रलाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रिव्युसनले वितरण गर्दैछन् ।

तलको लिङ्कमा क्लिक गरि ट्रेलर भिडियो हेर्नुहोस् :