काठमाडौं:= प्रीति आले र सूर्य राई दनुवारको स्वरमा रहेको गीत ‘बरको छायाँले’ सार्वजनिक भएको छ । नारायण नेपालको शब्द रचना, गायक सूर्यकै संगीत संयोजनमा सञ्जय हमालको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
सुरेन्द्र बसेलको निर्देशन रहेको गीतको भिडियोमा गायिका प्रीति, गायक सूर्यसँगै उमेश कुमार, शीला गजुरेल, सुमन ज्योति न्यौपानेलगायत कलाकारको अभिनय छ ।
लोक र आधुनिक संगीतको मिश्रणमा आधारित दोहोरी ब्याटल शैलीमा तयार पारिएको छ । गीतको भिडियो जेएमडि क्रियसन युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।




















