आज भ्यालेन्टाइन डे को अघिल्लो दिन अर्थात् १३ फेब्रुअरी ‘किस डे’

काठमाडौं := अहिले भ्यालेन्टाइन विक चलिरहेको छ । हरेक वर्ष भ्यालेन्टाइन डे को अघिल्लो दिन अर्थात् १३ फेब्रुअरीलाई ‘किस डे’ भनिन्छ । यस दिन प्रेम जोडीले चुम्बन गरेर आफ्नो प्रेम भाव व्यक्त गर्छन् ।

चुम्बन प्रेमानुभूतिको प्रतीक मानिन्छ। प्रेमी जोडीले आफ्नो भावनालाई चुम्बनको माध्यमद्वारा व्यक्त गर्छन् ।चुम्बनले शरीरमा खुसीको हर्मोन उत्पादन गर्छ, जसले तनाव डिप्रेसनलगायतका समस्याहरूलाई कम गराउन मद्दत गर्छ।

चुम्बन एउटा प्रेम व्यक्त गर्ने उत्तम माध्यम पनि हो । चुम्बनलाई प्रेमको स्पर्शका रूपमा पनि मान्ने गरिन्छ चुम्बनले सम्बन्धलाई मजबुत बनाउने र स्वास्थ्यका हिसाबले पनि निकै फाइदाजनक मानिन्छ ।