क्वालालम्पुर (मलेसिया):= मलेसियामा बिरामी भैइ अस्पतालमा उपचाररत रहेका झापा निवासी लालबहादुर लिम्बुको उद्दारका लागि मलेसियास्थित नेपाली राजदूतावासले पहल थालेका छ्न ।
बिरामी परेका लिम्बु बिगत १५ बर्षदेखि अवैधानिक हैसियतमा रहि हाल मलेसियाको जोहोरमा सुरक्षागार्डमा काम गर्दै आएका थिए । लिम्बु केहि दिन पहिले ड्युटी मै रहेको बेला अच्चानक उच्च रक्तचाप भैइ छात्ती दुख्यो भन्दै छटपटाइरहेको अवस्थामा सहकर्मी साथीहरुले नै देखेर अस्पताल भर्ना गराएका थिए ।
लिम्बु बिरामी परे लगत्तै संगै काम गर्ने सहकर्मी नेपाली हरुले नै सामाजिक संजालमार्फत उनको आफन्तको खोजि गरिरहेका थिए । आफन्त पत्ता लगाईदिनु पर्यो अनि बिरामीको उद्दार गरिदिन सहयोग गर्नुपर्यो भनि यस् मलाया खबर मिडियासमक्ष याचना आईसके पश्चात आज दिउँसो मात्रै यस् मलाया खबर मिडियामा प्रकाशित एक सूचनाको आधारमा अन्ततः उनको आफन्त पनि सम्पर्कमा आए भने , यता नेपाली राजदूतावासले पनि उनी कार्यरत सेक्युरिटी कम्पनीसंग लिम्बुको अवस्थाबारे सोधखोज गर्न र उद्दारको लागि पहल गर्न सुरु गरे ।
दूतावासको विशेष पहलसंगै लिम्बू उपचार गराउन लाग्ने अस्पतालको शुल्क र औषधि उपचारबापत्तको खर्च आरएम २ हजार रिंगेट तिरिदिने र लिम्बुको स्वास्थ्यमा सुधार भएपश्चात् कम्पनीकै आर्थिक सहयोग , समन्वयमा सकुशल स्वदेश फर्काइने नेपाली राजदूतावासले जानकारी दिए ।
साथै निज लिम्बु को परिवारले मलाया खबरलाई सम्पर्क गरि हामी बिरामीको सम्पर्कमा आईसकेकोले पछिल्लो सार्वजनिक पोस्ट हटाईदिनुहुन अनुरोध गरेपश्चात मलाया खबरबाट पोस्ट हटाएका छौ । यता पछिल्लो समय नेपाली राजदूतावास मलेसियाले पनि यहाँ पीडित अवस्थामा रहेका नेपाली श्रमिकको उद्दारको कार्यमा निकै चासो र सक्रियता देखाईरहेका छ्न ।