सीताराम कट्टेल “धुर्मुस” लगायतको अभिनय रहेको ‘लाज शरणम’को गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक।

काठमाडौं := चलचित्र ‘लाज शरणम’को गीत सार्वजनिक भएको छ । ‘हेर्दा हेर्दैमा’ बोलको गीत ओसीआर डिजिटलमार्फत बिहीबार सार्वजनिक भएको हो । आनन्द अधिकारीको रचना रहेको गीतमा कृष्ण भारदवाजले संगीत भर्नुभएको छ भने शान्ति श्री परियार र आशिष अविरलले स्वर दिनुभएको छ ।

महाशिवरात्रिको अवसरमा फागुन १४ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको यो चलचित्रमा सीताराम कट्टेल “धुर्मुस”, विजय बराल, अर्पण थापा, हरि निरौला, मुकुन्द श्रेष्ठ, सागर लम्साल, महेश त्रिपाठीलगायत कलाकारको अभियन छ । । नवीन श्रेष्ठले निर्माण गरेको चलचित्रलाई कुमार कट्टेलले निर्देशन गर्नुभएको हो ।

जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको फिल्ममा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सहनिर्माता छन् ।