मलेसियाको घरफिर्ती केन्द्रमा रहेका राई नेपालीहरुको सहयोगमा स्वदेश फर्किए।

क्वालालम्पुर (मलेसिया):= मलेसियाको जेलमा परि सजाय पूरा हरि बुकित जलिल घरफिर्ती केन्द्रमा लामो समयदेखि स्वदेश फर्किने अवस्थामा रहेका किरण राई नेपाली राजदूतवासको सहयोग समन्वयमा स्वदेश फर्किएको छ ।

दूतावाससंगै राईलाई स्वदेश फर्काउन ब्यवसायी ईन्द्र बान्तवा राई (इन्दिरा) र नेपाल आदिवासी जनजाती  महासंघ मलेसियाका अध्यक्ष विपिन राई को आर्थिक  सहयोगमा हवाई टिकट उपलब्ध भएपछि उनी यहीँ फेब्रुअरी ०५ तारिखका फिन स्वदेश फर्किन सफल भएका हुन ।

सन् २०११ मा मलेसिया आएका राई एकबर्ष नपुग्दै कम्पनीबाट भागेर अबैधानिक रुपमा बसोबास गर्दै आएका थिए । उनलाई ९ फेब्रुअरी २०२४ का दिन अबैधानिक बसोबास गरेेको कसुरमा अध्यागमनले पक्राउ गरेको थियो । कसुर गरे वापतको जेल सजाय ४ महिना १५ दिन भुक्तान भएपछि उनलाई बुकित जलिल घरफिर्ती केन्द्रमा सारिएको थियो ।

घरफिर्ती केन्द्रमा सारिएपछि पनि किरणले करिव ८ महिना कैदी जीवन बिताउनु पर्यो । कारण घर-परिवारसंग उनको सम्पर्क टुटेको थियो । उनको खोजिनीति गरिदिने कोहि भएन । अर्थात, सहि समयमा आफन्त वा सहयोग नपाउदा उनले अनाहकमा अरु ८ महिना कैद हुनु परेको थियो ।

नेपाली दुतवासको उद्दारमा स्वदेश फर्किसकेका किरणले टेलिफोन मार्फत सुनाए -“आफन्तसंग सम्पर्क हुनेहरुको हवाई टिकट छिट्टै आउथ्यो । उनिहरु छिट्टै फर्किन्थे । म संगै अरु एक दूईजना थियौ, जसको कोहि आफन्त थिएन । हामी एकदिन त दूतवास आउँछ भन्दै आसमा बस्यौं ।  जेल भित्र अनेकथरि कुरा भन्थे तरपनि हामीलाई ढिलोचाँडो दुतावास आउँछ भन्ने आश थियो । नभन्दै ढिलोगरेर भएपनि दूतवास आयो र मेरो उद्धार भयो । मेेरो उद्दारमा हवाई टिकटका लागि ईन्द्र बान्तवा राई र विपिन राईले सहयोग गर्नु भएको भन्ने सुनेको छु । उहाँहरुलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु ,राईले भने ।”

किरण राईको घरफिर्तीमा समन्वय गरेको संस्था पिएनसिसिका संयोजक पूर्ण लिम्बूको अनुसार हवाई टिकटका लागि आफ्नो जन्मदिनको उपलक्ष्यमा ईन्द्र बान्तवा राई ले आरएम ९०० र विपिन राई बाट आरएम ५०० सहयोग उपलब्ध भएको हो ।

मलेसियामा नेपाली समुदायका युवा,युवती पछिल्लो समय जन्मदिन जस्तो पवित्र उत्सवमा भड्किलो भोजभतेर आयोजना गरेर फजुल खर्च गर्नु भन्दा पुन्यको कार्य गर्न अभिप्रेरित भएको देखिन थालेको छ । गत महिना पनि पिएनसिसिको सहयोगमा एकजना नेपाली स्वदेश फर्किएका थिए ।