पोर्न स्टार अन्ना पोलीको सुटिङका क्रममा होटलको बाल्कोनीबाट खसेर मृत्यु।

एजेन्सी := पोर्न स्टार अन्ना पोलीको सुटिङका क्रममा मृत्यु भएको छ। अन्ना पोली भनेर चिनिने ओन्ली फ्यान्स स्टार अन्ना बिट्रिज परेरा अल्भेसको सुटिङका क्रममा होटलको बाल्कोनीबाट खसेर ज्यान गएको हो ।

२७ वर्षीया अन्ना दुई पुरुष सहकलाकारहरूसँग एक्सरेटेड दृश्यहरू खिचिरहेको बेलामा बाल्कोनीबाट खसेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । ब्राजिल प्रहरीले रहस्यमय मृत्यु भन्दै अनुसन्धान सुरु गरेको छ ।

घटना जनवरी २३ तारिखको हो । उहाँको शव रियो दि जेनेरियोको उत्तर–पश्चिम नोभा इगुआकुको अपार्टहोटलको आँगनमा फेला परेको द यूएस सनले जनाएको छ । पोष्टमार्टमको रिपोर्ट आएपछि घटनाबारे थप खुल्ने डेलीमेलले जनाएको छ ।

उहाँका प्रेमी पेड्रो हेनरिकले केसबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएकाे छ । सँगै रहेका उहाँका दुई पुरुष सहकलाकारकाे बयानले घटना थप संकास्पद बनाएकाे छ ।