क्वालालम्पुर := मलेसियाका लागि नव नियुक्त महामहिम राजदूत डा. नेत्र प्रसाद तिमल्सिना र पिएनसिसि मलेसिया विच परिचयात्मक भेटघाट सम्पन्न भएको छ । क्वालालम्पुर स्थित नेपाली राजदूतवासको कार्यालयमा भेटघाट सम्पन्न भएको हो ।
३१ जनवरी, सुक्रबारका दिन भएको परिचयात्मक भेटमा मलेसियामा पिएनसिसिको सांगठानिक संरचना, काम र कार्यक्षेत्र बारे महामहिम राजदूत समक्ष जानकारी गराएको थियो ।
त्यसैगरि मलेसियामा उद्धार कार्य गर्दा भोग्नु परेका प्रशासनिक कठानाईहरु स्मरण गराउदै पिएनसिसिले समन्वय र सहकार्य गर्ने संघ संस्थाहरुका साथै सहयोगी ब्यक्तित्वहरुको बारेमा पनि अवगत गराएको थियो ।
छोटो भेटघाटमा समयको सिमितताको कारण उद्धारमा पिएनसिसिले खेल्ने भूमिका बिस्तृतमा प्रष्ट्याउन असम्भव भएकोले विगतका दिनमा भए/गरेका कार्यहरु लिखत ड्राफ्ट महामहिम राजदूतलाई हस्तान्तरण गरेको थियो । हस्तान्तरण गरिएको ड्राफ्टमा उद्धार गरिएका दृष्टान्त स्वरुप केहि पिडितहरुको अभिलेख समेत समावेश गरिएको छ ।
भेटघाटमा नेपाली राजदूतवासको तर्फबाट महामहिम राजदूत डा. नेत्र प्रसाद तिमल्सिना, नियोग उप-प्रमुख मुदीता बज्रचार्य, प्रशासकिय प्रमुख बलिराम धामी र पिएनसिसिको तर्फबाट मलेसिया संयोजक पूर्ण सुब्बा, जीवन देवान, पदमराज लिम्बू, निमेश मादेन, रेखा लिङ्दम र सुरेश सहभागी थिए ।