कैलाली:= कैलालीमा छाउगोठमा सुतिरहेकी महिलालाई बाघले आक्रमण गरेको छ । मोहन्याल गाउँपालिका–७ कुइनेमा ४५ वर्षीय सरस्वती बिटालुलाई आइतबार राति बाघले आक्रमण गरेको हो ।
प्रहरीका अनुसार घर नजिकै छाउगोठमा सुतिरहेको अवस्थामा बिटालुलाई बाघले आक्रमण गरेको हो । उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।




















