साउदी प्रो लिग: अल हिलाल र अल नासरको जित, रोनाल्डो धेरै गोलकर्ता।

साउदी अरब:= अल हिलाल क्लबले साउदी प्रो लिगमा शीर्ष स्थान कायम राखेको छ । मंगलबार राती भएको खेलमा अल वेहदालाई ४-१ ले हराउँदै अल हिलालले तीन अंकको अग्रता बनाएको हो । यद्यपि दोस्रो स्थानको अल इत्तिहादले एक खेल कम खेलेको छ । १६ खेलबाट अल हिलालले ४३ अंक जोडेको छ । एक खेल कम खेलेको इत्तिहादको ४० अंक छ । तेस्रो स्थानको अल नासरले भने ३२ अंक जोड्न पुग्यो ।

प्रिन्स फैसल विन फहद मैदानमा अल हिलाललाई जिताउन माल्कोमले दुई तथा मार्कोश लिओनार्दो र अब्दुल्लाह अल हमदानले समान एक गोल गर्नुभयो । भ्रमणकारी टोलीका लागि क्राइग गुडविनले एक गोल फर्काउनुभयो । राती नै भएको खेलमा अर्को खेलमा क्रिष्टियानो रोनाल्डोको दुई गोलप्रेरित अल नासरले सहज जित निकाल्यो । अल नासरले अल खालिजलाई ३-१ ले हराएको हो ।

भ्रमणकारी टोली नासरको जितमा रोनाल्डोले दुई तथा सुल्तान अल्गाहामले एक गोल गर्नुभयो । १० खेलाडीमा सीमित घरेलु टोलीका लागि कोनस्टान्टिनोस फोर्टोनिसले एक गोल फर्काउनुभयो । यो जितपछि तालिकामा अल नासर तेस्रो स्थानमा उक्लिएको छ । १६ खेलबाट टोलीको ३२ अंक छ । शीर्ष स्थानको अल हिलालको ४३ अंक छ । पराजित अल खालिज भने २३ अंकसहित आठौं स्थानमा छ ।

क्रिस्टियानो रोनाल्डो अल–नासर साउदी प्रो लिगको उच्च गोलकर्ताको सूचीमा शीर्ष स्थानमा उक्लिनुभएको छ । अल-खलिजमाथि दुई गोल गरेसँगै उहाँ साउदी प्रो लिगको उच्च गोलकर्ताको सूचीमा शीर्ष स्थानमा उक्लिनुभएको हो । नासर लिगमा अलेक्जेन्डर मित्रोभिच र करिम बेन्जेमालाई उछिन्दै रोनाल्डो शीर्ष स्थानमा उक्लिनुभएको हो । सन् २०२२ को डिसेम्बरमा रियाद क्लबमा सामेल हुनुभएका रोनाल्डो पाँच पटकको बालोन डि’ओर विजेता हुनुहुन्छ । एजेन्सी ।