काठमाडौं := माघ १ गतेदेखि हुने प्रधानमन्त्री कप महिला टी-२० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा सुदुरपश्चिम प्रदेशको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुने उक्त प्रतियोगिताको सोमबार खेल तालिका सार्वजनिक गरिएको हो ।
प्रतियोगितामा सात प्रदेशसहित दुई विभागीय त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) ले सहभागिता जनाएका छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । ग्रुप १ मा लुम्बिनी, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेश र एपिएफ छन् । ग्रुप २ मा कोशी, बागमती, मधेश प्रदेश र आर्मी छन् ।
पहिलो खेल माघ १ गते सुदूरपश्चिम र गण्डकी प्रदेशबीच हुनेछ । सोही दिन दोस्रो खेल कर्णाली र एपिएफबीच हुनेछ । ग्रुपका शीर्ष दुई टोलीले सुपर चार खेल्नेछन् । सुपर चारका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । फाइलन खेल माघ १२ गते हुनेछ ।




















