एजेन्सी := गोल्डेन ग्लोब्स अवार्डमा अमेरिकन चलचित्र ‘दी ब्रुटालिस्ट’ले वर्चस्व कायम गरेको छ । युद्धपछिको आप्रवासी अनुभव दर्शाउने यस चलचित्रले पाँच विधामा उत्कृष्ट अवार्ड हात पार्दै यसवर्ष हुने ओस्कारमा आफ्नो दरिलो उपस्थिति देखाउने पक्का छ ।
यसैगरी शल्यक्रियामार्फत लिंग परिवर्तन गर्ने लागूऔषध कारोबारी गिरोहको मालिकको कथावस्तुमा आधारित चलचित्र ‘इमिलिया पेरेज’ले पनि चार विधामा आफूलाई उत्कृष्ट बनाएको छ ।
८२औं संस्करणको अवार्डमा इमिलिया पेरेज दशवटा विधामा मनोनयनमा परेको थियो । ‘इमिलिया पेरेज’ले उत्कृष्ट म्युजिकल/कमेडीसहित चार विधामा अवार्ड जित्यो । ‘दी ब्रुटालिस्ट’ले उत्कृष्ट चलचित्र (ड्रामातर्फ)सहित उत्कृष्ट अभिनेताको अवार्ड हात पार्यो ।
चलचित्रबाट एड्रिन ब्रोडीले उत्कृष्ट अभिनेताको अवार्ड पाउनुभयो । सोही चलचित्रबाट ब्राडी कार्बेट उत्कृष्ट निर्देशक बन्नुभयो । चलचित्र आई एम स्टिल हियरबाट फेरान्डा टोरेस उत्कृष्ट अभिनेतृ बन्न सफल हुनुभएको छ ।
जापानको सामन्ती अवस्थाको कथा भन्ने निर्देशक हुलुको ‘सोगुन’ले टेलिभिजनको ड्रामातर्फ चारवटा पुरस्कार जित्न सफल भयो । यसैगरी नेटफ्लिक्सतर्फ म्युजिकल/कमेडी र उत्कृष्ट गैरअंग्रेजीमा इमिलिया पेरेज उत्कृष्ट चलचित्र बनेको छ ।




















