जन्मदिनको अवसरमा ईन्दु बस्नेतको उपहार – पीडित नेपालीको लागि ह्विलचियर प्रदान।

[ जीवन देवान “गाउँले” ] 

क्वालालम्पुर := गैर आवासीय नेपाली संघ “एनआरएनए” मलेसियाका महिला संयोजक ईन्दु बस्नेतद्वारा दूईवटा ह्विलचियर पिएनसिसि मलेसियालाई सौजन्य प्रदान गरेकी छिन्। संयोजक बस्नेतले आज जनवरी ०४ तारिख शनिबार परेको आफ्नो जन्मदिनको अवसरमा उपहार स्वरुप नेपाली श्रमिकको लागि पिएनसिसि मलेसिया संयोजक पूर्ण लिम्बूलाई हिजो मिति सन् २०२५ जनवरी ०३ तारिख शुक्रवारको दिन हस्तान्तरण गरेकी हुन ।

श्रमिक केन्द्रित रहेर पिडीतहरुको उद्धार कार्य गर्दै आएको पिएनसिसिले मलेसियामा सस्थापना भएका हरेक संघ-संस्थासंग समन्वय गर्ने गरेको त सर्वविदितै छ । त्यसमध्ये एनआरएनएले सेल्टर हाउसको प्रबन्ध गरेपछि त सहकार्य नै गरेको थियो । त्यो सहकार्यको अवधिमा एनआरएनएका लागि पिएनसिसिसंग सबैभन्दा बढि समन्वय ईन्दु बस्नेतले गरिन ।

त्यहिबेला उनले उद्धार गरिएका पिडीत श्रमिकहरुको अवस्था देखिन, उद्धार कार्यमा हुने समस्या बुझिन । विशेष त विरामी अवस्थाका पिडीतलाई उद्धारगर्दाका अप्ठ्यारासंग उनी आफैले सात्क्षत्कार गरिन । र, उनले महसुस गरिन कि पिडीतका उद्धारमा नभई नहुने माध्यको एक हो -ह्विलचियर । त्यहि महसुसले उनलाई एउटा महान कार्य गर्न प्रेरित गर्यो । फलस्वरुप आफ्नै जन्मदिनको अवसरमा दूईवटा ह्विलचियर पिएनसिसिको नाममा उपहार दिईन ।

अक्सर जन्मदिनलाई भब्य बनाउने नाममा भड्किलो किसिमको तामझाम गरेर सामाजिक संञ्जाल मार्फत अरुलाई देेखाउने चलनको विकास हुँदै गईरहेको छ । अझ प्रवासमा त झन अनाहकमा खर्च गर्ने प्रतिस्पर्धा जस्तै छ । जुन खर्चको न त कुनै महत्व हुन्छ, न त तेसरी भएको खर्चले समाजमा कुनै योगदान नै पुग्छ ।

उसोभए हरेक मान्छेको जीवनमा बर्षमा एकदिन आउने जन्मदिनमा ईन्दू बस्नेतले झै महान कार्य गरेर जन्मोत्सवलाई किन विशेष नबनाउने ? प्रवासमै भएपनि जन्मदिनको अवसर पारेर उपहार लिने प्रचलनलाई तोड्दै उपहार दिने प्रचलनको सुरुवात गरेकी ईन्दु बस्नेतलाई पिएनसिसि लगायत मलेसियामा कार्यरत सम्पूर्ण प्रवासी नेपालीको तर्फबाट जन्मदिनको हार्दिक शुभकामना ।