वैदेशिक रोजगारीमा क्यानडा पठाइदिने भन्दै ठगी गरेको आरोपमा ढकाल पक्राउ।

काठमाडौं := वैदेशिक रोजगारीमा क्यानडा पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा धादिङको गंगा जमुना गाउँपालिका-६ घर भइ काठमाडौं नागार्जुन बस्ने ४६ वर्षीय कृष्णबहादुर ढकाल छन्।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। उनले क्यानडा पठाउने भन्दै चार लाख रुपैयाँ ठगी गरेको आरोप छ। पक्राउ परेका उनलाई वैदेशिक रोजगार विभागको कार्यालय ताहचल पठाइएको एसपी काजिकुमार आचार्यले बताए।