क्वालालम्पुर := नेपाल मगर मगर संघ मलेसिया क्षेत्रीय कमिटी पेनाङको आयोजनामा नेपालीहरुको महान चाड माघे सङ्क्रान्तिको अवसर पारेर माघे सङ्क्रान्ति बिशेष-२०२५ कार्यक्रम आयोजना हुने भएको छ ।
माघी कार्यक्रम यहीँ मिति सन् २०२५ जनवरी २९ तारिख चाइनिज न्यु इयरको विदाको दिन पेनाङको बायानबारु स्थित सनसाइन मार्केट हलमा आयोजना हुने मगर संघ मलेसिया क्षेत्रीय कमिटी पेनाङका अध्यक्ष विरास पुन मगरले बताउनुभयो ।
कार्यक्रममा नेपालबाट आउने कलाकार गायीकाद्धय रुचा पुन मगर , कञ्चन पुन मगरलयायत मलेसियामा रहेका स्थानीय नेपाली कलाहरुको पनि बेजोड प्रस्तुती रहने अध्यक्ष मगरले बताउनुभयो ।
अध्यक्ष पुनले भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा यो पर्वलाई बिभिन्न भेग र समुदायमा बिभिन्न ढङ्गले मनाउने प्रचलन रहेको बताए । उनका अनुसार मगर जातिले मुख्य रूपमा धुमधामको साथ मनाउने यो पर्वलाई माघ्या/सेर्ल्हेस पनि भनिन्छ ।
माघीमा उपस्थितिको लागि सम्बन्धित निकायसंगै सामाजिक संघसंस्था , बुद्धिजीवी , ब्यापारी , ब्यावसायी लगायतलाई निमन्त्रणा गरिनुको साथै समय मिल्ने सबै नेपालीलाई उपस्थितिको लागि हार्दिक आह्वान गर्नुभएको छ ।