कमेडी जनरामा आधारित ‘लाज शरणम’ फिल्मका तीन पोस्टर सार्वजनिक।

काठमाडौं := नयाँ नेपाली चलचित्र ‘लाज शरणम’ फिल्मका तीन पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले फेसबुकमार्फत फिल्मका तीन पोस्टर सार्वजनिक गरेको हो।

अंग्रेज़ी नयाँ बर्षको अवसरमा पोस्टर सार्वजनिक भएपछि फिल्म कस्तो बनेको होला ? भन्ने कुराले दर्शक–दिर्घामा कौतुहलता फैलिएको छ । आगामी फागुन १४ अर्थात् महाशिवरात्रीमा प्रदर्शन हुने भनिएको फिल्म कमेडी जनरामा आधारित छ। फिल्म कुमार कट्टेल ‘जिग्री’ले निर्देशन गरेका हुन्।

जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको फिल्मलाई नवीन श्रेष्ठले निर्माण गरेका हुन् । रामनरेश शाह र सिर्जना खड्का फिल्मका सहनिर्माता हुन् । फिल्ममा मुकुन्द श्रेष्ठ, प्रशान्त ताम्राकार, अर्पण थापा, रेणु योगी, माला लिम्बूसँगै ‘सक्किगो नि’ समूहबाट अर्जुन घिमिरे, सागर लम्साल, प्रियना आचार्य, बबिन राई, रामभजन कामत, कमलमणि नेपाल लगायतको अभिनय रहेको छ ।