अंग्रेज़ी नयाँ बर्षको अवसरमा जनवरी ०१ तारिख मलेसियास्थित नेपाली राजदूतावास बन्द रहने।

क्वालालम्पुर (मलेसिया):= अंग्रेज़ी नयाँ बर्षको आगमनको अवसरमा मलेसियास्थित नेपाली राजदूतावासको कार्यालय एकदिन बन्द रहने भएको छ ।

यहीँ मिति सन् २०२५ जनवरी ०१ तारिख बुधबार परेको अंग्रेज़ी नयाँ बर्षको अवसरमा मलेसियाभर सार्वजनिक विदा हुने भएकोले नेपाली राजदूतावासको कार्यालय र दूतावासबाट प्रभाव हुने सम्पुर्ण सेवा हरु पनि बन्द रहने दूतावासले सार्वजनिक गरेको एक सूचनामा उल्लेख छ् ।

जनवरी ०१ तारिखको एकदिने छुट्टि पश्चात् मिति सन् २०२५ जनवरी ०२ तारिखदेखि पुनः नियमित सेवा  सुचारू हुने समेत सूचनामा उल्लेख छ् ।

साथै दूतावासको अनुसार यस् एकदिने विदा अवधीभर यहाँ रहेका नेपाली हरुलाई कुनै किसिमको समस्या परेमा अथवा केहि अतिआवश्यक काम परेमा दूतावासको हटलाईन नम्बर +६०१६२४७२७७७ मा सम्पर्क गर्न सकिने बताएको छ ।